Connect with us
Kapilvast Forest

नक्कली कागजातसहित दुई पक्राउ

२०७६, २ पुष बुधबारमा प्रकाशित

arrested-thagi-pakrau

काठमाडौं । नक्कली कागजात बनाइ फरक व्यक्तिले सवारी चालक अनुमतिपत्रको ट्रायल दिइरहेको अवस्थामा ट्राफिक प्रहरी महाशाखाले दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भइकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोटको खाडाचक्र घर भइ हाल चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भइ हाल सुकेधारा बस्ने दिपक शाही रहेका छन् । उनीहरुको साथबाट दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला प्रशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरिएको छ ।

त्यस्तै नक्कली नागरिकता बनाउन प्रयोग गरिने क्रिम पेपर ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता प्रमाणपत्र नम्बर र नाम प्रयोग गरी बनाइएका नक्कली नागरिकता ७ थान र नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय बाँके भएको छाप एक थान बरामद गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरीने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरुको एप्लीकेन्ट आइडीको फोटोकपी ३० थान, शाखा अधिकृत भएको छाप १ थान, क्याम्लिन लेखिएको स्टाम्प प्याड २ थान, रातो लेख्ने कलम १, फोटो टाँस्न प्रयोग हुने गम २ थान र कैची १ थानसमेत बरामद गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu