Connect with us
Kapilvast Forest

नेकपाका वडा अध्यक्षको सिफारिसमा कोषाध्यक्षलाई हटाई बैंकबाट पैसा निकालियो

२०७६, ५ पुष शनिबारमा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं ८ पाली खगडीबाट गाउँपालिकाको केन्द्र दुर्गाफाटको बाँसकारुख जोडने मोटरबाटो खन्नका लागि आर्थिक वर्ष २०७५र०७६ का लागी गाउँपालिकाले ९ लाख ४० हजार रुपैँया बजेट विनियोजन भएको थियो ।

पाणिनी गाउँपालिकाभित्र उपभोक्ता समिती गठन गर्नका लागी अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एक विपक्षी दलको हुनुपर्ने अनिवार्य नियम रहेको छ। तर यहाँ उपभोक्ता समिती गठन हुदाँ नेकपा निकटका लक्ष्मण नेपाली अध्यक्षमा, नेकपाकै कल्पना पाण्डे सचिवमा र कांग्रेसका इन्सु मियाँ कोषाध्यक्ष सहित ४ जना सदस्य सहितको समिती चयन भएको हो ।

समिती निर्माण हुनुपुर्व नै बाटो खन्नका लागी डोजर सञ्चालन भएको थियो । तर कोषाध्यक्ष सहित नेपाली काँग्रेस पालीले भने उपभोक्ता समितीको गठन भएपछिको रकम भुक्तानीका लागी सहमती भएपनि एकाएक समितीका कोषाध्यक्ष पदमा रहेका इन्सु मियाँ घरमा नभएको भन्ने वडाको पत्र बनाई बैंकमा खाता परिवर्तन गरी पैसा निकालिएको छ। पालीका वडा अध्यक्ष मिनराज आत्रेयले मिति २०७६ पुस २४ गतेका दिन चलानी नं ६८२ रहेको पत्रमा जनता बैंक दुर्गाफाट शाखालाई चिठी लेखी कोषाध्यक्ष इन्सु मियाँ घरमा नभएको र खाता सञ्चालन गर्नका लागी असहज भएको भन्दै कोषाध्यक्ष मिना कुमालको संयुक्त दस्तखतबाट खाता सञ्चालन गरी पैसा भुक्तानी दिनकालागी चिठी लेखेपछि पैसा निकालीएको हो।

कोषाध्यक्ष पदमा रहेका इन्सु मियाँ भन्छन् म घरबाट कहि पनि गएको छैन, हाम्रो असहमति हो, जती बराबरको काम भएको छ, अन्य रकम भुक्तानी दिन असमर्थ रहेका कारण कोषाध्यक्षबाट हटाईयो, पैसा निकालेर ल्याएपछि दशैंको समयमा मात्रै कोषाध्यक्ष पदबाट हटेको थाहा पाएको जानकारी दिए ।

यहाँको मोटरबाटो सम्पन्न भएपछि अनुगमन समितीमा भएकाले नै अनुगमनमा थाहा नपाएको अनुगमन समितीका सदस्य यज्ञ पौडेलले जानकारी दिए । उनका अनुसार मोटरबाटो खन्ने काम सम्पन्न भएपछि जनता बैंक दुर्गाफाटमा उपभोक्ता समितीका नाममा खाता सञ्चालन गरिएको हो । स्वामीकारुख कयनघाट बासकारुख मोटरबाटो उपभोक्ता समितीका कोषाध्यक्ष रहेका इन्सु मियाँलाई थाहा नै नदिई बैंकबाट रकम निकालीएको हो ।

कोषाध्यक्ष घरमा नभएको कारण देखाई वडाअध्यक्ष मिनराज आत्रेयको सिफारिसमा उपभोक्ता समितीको सदस्यमा रहेकी मिना कुमाललाई कोषाध्यक्ष बनाई खाता परिमार्जन गरी बैंकबाट पैसा निकालेपछि थाहा पाएको कोषाध्यक्ष पदमा रहेका इन्सु मियाँले बताए । मियाँ भन्छन् म घरमै थिए, तर मैले काम पुरा भएको छैन, काम पुरा नभएको रकममा चेकमा हस्ताक्षर गर्दिन भनेर बताएपछि उपभोक्ता समितीले पैसा निकाल्नकालागी वडाबाट सिफारिस बनाई बैंकमा गएर खाताबाट पैसा निकालेको बताए ।

पैसा निकाल्दा ४३० घण्टा डोजर सञ्चालन भएको, ३० हजार मोटरबाटोको मुख खोल्नका लागी जग्गावालाई दिएको, १० हजार मिलको कुलो मर्मत र ५ हजार खाजा खाएको भनि रकम निकालिएको छ । उपभोक्ता समितीले ४३० घण्टा डोजर चलेको बताएपनि ४३० घण्टा डोजर चलेको पाईदैँन । करिब ४ लाख ५० हजारको मात्रै काम देखिएको स्थानिय यज्ञ पौडेलले बताए । बाँकी रहेको करिब ५ लाख रुपैँया भष्ट्राचार भएको उनले आशंका गरे । वडा अध्यक्ष आत्रेले भन्छन्, पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले बाटोको काम भएको छ, कोषाध्यक्ष विभिन्न कारणले उपस्थित नभए बैंकलाई कोषाध्यक्ष परिवर्तनका लागी सिफारिस लेखिदिनका लागी भनेपछि, सिफारिस लेखेको बताए ।

यस्ता खालका गतिविधीले यस वर्ष पनि मोटरबाटा तथा अन्य कुनै उपभोक्ता समिती निमार्ण गरेर गर्ने काममा वेथिती हुने देखिन्छ। यसले भविष्यमा ५ लाख रुपैँया काम विना नै वडा अध्यक्षको समेत उपस्थितीमा बैंकलाई पैसा निकाल्नका लागी समिति परिवर्तन गर्नका लागी सिफारिस गर्दिनु नियम विपरित त हो नै यसको दिर्घकालीन असर सबै क्षेत्रमा पर्ने देखिन्छ। हाम्रा कुरा अनलाइन

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu