Connect with us
Kapilvast Forest

सेयर बजारमा सामान्य सुधार

२०७६, ६ पुष आईतवारमा प्रकाशित

काठमाडौं । साताको पहिलो दिन (आइतबार) सेयर बजारमा सामान्य सुधार आएको छ । आइतबार नेप्से एक दशमलव १७ अंकले बढेर एक हजार एक सय ५० दशमलव ८१ अंकमा पुगेको हो ।

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २५ अंकले घटेर २५१ दशमलव ५९ अंकमा पुगेको छ । यस दिन बजारमा १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता सेयर ३७ करोड ४४ लाख ६६ हजार ४६५ रुपैयाँमा कारोबार भए ।

आइतबार बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये छ समूह उकालो लागे भने बाँकी रहेका छ समूह नै ओरालो लागे ।यसदिन बजारमा शिवम् सिमेन्टको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर चार करोड ७६ लाख ८१ हजार ९३७ रुपैयाँमा कारोबार भएको हो ।

नेप्से सुधार आएको दिन शिवम् सिमेन्टका लगानीकर्ताले सर्वाधिक नौं दशमलव ७६ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी,नेपाल फाइनान्स्का लगानीकर्ताले सर्वाधिक नौं दशमलव ८१ प्रतिशत सेयर मूल्य गुमाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu