Connect with us
Kapilvast Forest

पुलिसलाई हराउँदै एपीएफ महिला फुटबलको फाइनलमा

२०७६, ७ पुष सोमबारमा प्रकाशित

काठमाण्डाै – नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ क्लब प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।भद्रकालीस्थित आर्मीको मुख्यालयमा भएको खेलमा एपीएफले पुसिललाई पाँच-दुई गोलले हरायो । निर्धारित ९० मिनेट दुई-दुई गोलको बराबरी भएको खेलको छिनोफानो अतिरिक्त समयमा भएको थियो ।

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै रेखा पौडेल र अनिता बस्नेतले एक-एक गोल गरे । पुलिसका लागि निशा सुनार र घिमकुमारी गुरुङले एक एक गोल गरे ।

खेलकाे तेस्राे मिनेटमा सावित्राकाे गाेलमा एपीएफले अग्रता बनायाे । ४३ औं मिनेटमा पुलिसकी निशा सुनुवारले गाेल गर्दै खेल एक-एककाे अवस्थामा पुर्‍याइन् । तर पहिलाे हाफकाे इन्ज्युरी समयमा अनिता बस्नेतले गाेल गर्दै एपीएफले फेरि खेलमा अग्रता बनायाे ।पहिलाे हाफ २-१ काे अवस्थामा रहेका बेला ८७औं मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले गाेल गरेपछि खेल २-२ काे बराबरीमा पुग्याे ।

निर्धारित ९० मिनेटमा खेलका नजिता नआएपछि थप समयमा धकेलिएकाे थियाे । जसमा १०७ औं मिनेटमा सावित्राले गाेल गर्दै एपीएफलाई ३-२ ले अगाडि राखिन् । दुई मिनेटपछि रेखाले गाेल गर्दै एपीएफलाई खेलमा ४-२ काे अग्रता दिलाइन् । ११५ औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दा एपीएफले पाँच-दुईकाे जित निकाल्याे ।दोस्रो सेमिफाइनलमा आज दिउँसो दुई बजे हुनेछ । जसमा आर्मी र भुटान खेल्नेछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu