युभेन्टसलाई हराउँदै लाजिओले जित्यो इटालियन सुपर कप
एजेन्सी । युभेन्टसलाई पराजित गर्दै सुपर कोपा इटालियाको उपाधि लाजिओले जितेको छ।
आइतबार राति उपाधि भिडन्तमा युभेन्ट्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै लाजिओले सिजनको पहिलो उपाधि जितेको हो। साउदी अरबको किङ साउद युनिभर्सिटीको मैदानमा लाजिओलाई जित दिलाउन लुइस अल्बेर्टो, सिनाडा लुलिक र डानिलो कटाल्डीले एक एक गोल गरे।
युभेन्ट्सका पाउलो डीबालाले एक गोल फर्काएपनि हार टार्न सकेनन्। खेलको ९० औं मिनेटमा रोड्रिगोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा युभेन्ट्स अन्तिम समय १० खेलाडीमा समेटिएको थियो।
हारसँगै युभेन्ट्ससँग लाजिओ दोस्रोपटक पराजित भएको हो। यस सिजनको सिरी ए लिगमा समेत युभेन्ट्स लाजिओसँग पराजित भएको थियो।