Connect with us
Kapilvast Forest

साना उद्योगीलाई नबिल बैंकले ३५ घण्टामै ७५ लाखसम्म कर्जा दिने

२०७६, ७ पुष सोमबारमा प्रकाशित

काठमाडौं । साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्ने लक्ष्यका साथ निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । सामान्यतयाः बैंक तथा वित्तीय संस्थाले ऋण दिन लामो समय लगाउने गरेका छन् । नबिल बैंकले सञ्चालनमा ल्याएको नयाँ योजनामा भने कागजात पुगेको ३५ घण्टामा नै ऋण स्वीकृति गरिने व्यवस्था गरिएको छ ।

साना तथा मझौला एवम् घरेलु उद्यम गर्न चाहनेलाई बैंकले छोटो समयमा नै रु ७५ लाखसम्म ऋण दिने सुविधा ल्याएको आज यहाँ आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।

उद्यम गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन असाध्यै झन्झटिलो प्रावधान रहेको छ । त्यसमाथि पहुँच नहुनेका लागि त बैंकबाट ऋण लिने कुरा ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै रहेको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा अगाडि सारेको छ । सो अवधारणाले समेत रोजगारीको खोजी तथा उद्यमशीलतालाई बढावा दिने लक्ष्य राखेको छ ।

सोही अवधारणालाई कार्यान्वयन गराउन र उद्यम गर्न चाहनेलाई सहज रुपमा कर्जा उपलब्ध गराउने योजनाअनुसार नै बैंकले ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ ।

उनले भने, ‘एउटा व्यवसायीका लागि हरेक सेकेण्ड अमूल्य रहेको छ । त्यसैले हामीले क्रेडिट स्कोरिङ ढाँचामा कागजात पुगेको ३५ घण्टाभित्रै कर्जा लिने योजना सार्वजनिक गरेका छौँ ।’ यो योजनाले साना, लघु तथा घरेलु उद्यम गर्न चाहने साना लगानीकर्तालाई विशेष गरी फाइदा पुग्ने बैंकको विश्वास छ ।

बैंकले एक वर्षसम्मका लागि १० दशमलव ५ प्रतिशतमा कर्जा उपलब्ध गराउनेछ । यस कार्यक्रममा न्यूनतम रु १५ लाखदेखि अधिकत्तम रु ७५ लाखसम्म कर्जा उपलब्ध हुनेछ । प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार ‘सजिलोभन्दा सजिलो, छिटोभन्दा छिटो मात्र ३५ घण्टामा कर्जा पक्का’ भन्ने नाराका साथ उक्त योजना अगाडि सारिएको हो ।

बैंकले आधा आकाश ढाकेका महिलालाई नौ दशमलव नौ प्रतिशत व्याजमा ‘नबिल नारी कर्जा’ समेत उपलब्ध गराउँदै आएको छ । रु पाँच लाखदेखि रु एक करोड ५० लाखसम्म उक्त योजनामा कर्जा लिन सकिनेछ । सो योजनामा कर्जा लिन चाहेनलाई कागजात पुगेको खण्डमा पाँच दिनभित्रै कर्जा स्वीकृत गरिनेछ । महिलाले आफ्नै व्यवसाय शुरु गर्न वा लगानी विस्तार गर्नका लागि आफूहरुले थप प्रेरित गर्ने प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ थियो ।

त्यस्तै ‘नबिल सजिलो एसएमई कर्जा’ नाम दिइएको योजनामा सहभागी हुन चाहनेलाई बैंकबाट रु पाँच लाखदेखि रु एक करोड ५० लाखसम्मको ऋण उपलब्ध हुनेछ । सो योजनामा ऋण लिन चाहनेले वार्षिक रुपमा १० दशमलव पाँच प्रतिशत व्याज तिर्नुपर्नेछ । बैंकले साना, मझौला तथा घरेलु उद्यम विस्तारका लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, साना लगानीकर्ताको अनुभवलाई समेत आत्मसात् गरेको जनाइएको छ ।

नेपालमा साना, मझौला तथा घरेलु उद्योगबाट करिब २५ लाखले रोजगारी पाइरहेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ६४ हजार नवीकरणमा छन् ।

कति उद्योग चलेका छन् भन्नेमा यकिन विवरण नभए पनि अनुमानित दुई लाख उद्योग सञ्चालनमा रहेको महासङ्घको भनाइ छ । हाल सञ्चालनमा रहेका उद्योगमा कूल रु ३५ अर्ब ३० करोडको हाराहारीमा लगानी रहेको छ । बैंकको कर्जा योजनाले नयाँ उद्यम गर्न चाहनेलाई थप सहयोग पु¥याउने र उद्योगको सङ्ख्यामा गुणस्तरीय परिवर्तन आउने विश्वास लिएको बैंकका साना तथा मझौला उद्यम शाखाका प्रमुख मोहनराज जोशीले जानकारी दिए ।

ठूला उद्यम गर्न चाहनेलाई सजिलै ऋण दिने तर साना उद्यम गर्न खोज्नेलाई ऋण पाउनै समस्या रहेको सन्दर्भमा आफूहरुको योजनाले सहयोग पुग्ने र औद्योगिक वातावरण बन्ने प्रमुख जोशीको भनाइ थियो ।

नबिल बैंकले सक्षम, यूके एडको सहयोगमा उक्त कार्यक्रम शुरु गरेको त्यस अवसरमा जानकारी दिइयो । सक्षम परियोजनाका टिम लिडर निर्मल दाहालले विकासोन्मुख देशको आर्थिक विकासका लागि साना, घरेलु तथा मझौला उद्यम नै बलियो आधार भएको तथ्यका आधारमा आफूहरु नबिल बैंकसँग सहकार्य गर्न आइपुगेको बताए । सक्षम परियोजनाले सबै नागरिकलाई वित्तीय पहुँच पु¥याउन नेपालका सरकारी तथा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थासँग मिलेर काम गरिरहेको छ ।

औद्योगिक व्यवसाय ऐन २०६३ अनुसार रु पाँच लाख पूँजी र नौ जना कामदार भएका तथा २० किलोवाटभन्दा कम विद्युत् खपत गर्ने उद्योगलाई साना तथा मझौला उद्योगको रुपमा रहने व्यवस्था गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu