Connect with us
Kapilvast Forest

शेयर सूचकमा १७ अंकको सुधार

२०७६, ७ पुष सोमबारमा प्रकाशित

nepse high

 

काठमाडौं, पुष ७-

आइतबार सामान्य सुधारसँगै बन्द भएको शेयर सूचक सोमबार उछाल आएको छ।एकैदिन १७.७७ अंकले बढेर सूचक ११६८.५८ बिन्दुमा रोकिएको छ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९४ अंकले बढेर २५४.५३ अंकमा पुगेको छ।

आज १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता सेयर ५९ करोड ५७ लाख ६४ हजार रुपैयाँमा किनबेच भएको छ।यस्तै शेयर सूचक सकारात्मक देखिएको सोमबार म्युचुअल फन्ड बाहेक अन्य सबै सूचक बढेका छन्।

बैंकिङ समूहको उपसूचक ३.३२, ट्रेडिङ १५.५७, होटल ४६.९९, डेभलपमेन्ट बैंक १६.४४, जलविद्युत ७.७६, वित्त कम्पनी ११.५४, निर्जीबन बीमा कम्पनी १५८.८, उत्पादन तथा प्रशोधन ११३.८९, माइक्रोफाइनान्स ३०.७४, जीवन बीमा कम्पनी समूहको उपसूचक १७०.८८ अंकले बढेको हो। तर, म्युचुअल फन्ड ०.०९ अंकले घटेको छ।

कारोबार रकमको आधारमा शिवम सिमेन्ट सबैभन्दा अघि छ।शिवमको ५ करोड ८५ लाख ६० हजार रुपैयाँको शेयर किनबेच भयो। यस्तै नबिल बैंकको ४ करोड ९९ लाख ६८ हजार र नेपाल बैंकको ४ करोड ७३ लाखको कारोबार भयो।सोमबार नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, शिवम सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी कमाए।यस्तै, पाँचथर पावर कम्पनी, दिब्यश्वरी हाईड्रोपावर, खानीखोला हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu