Connect with us
Kapilvast Forest

थ्रीस्टारको पहिलो जित

२०७६, ७ पुष सोमबारमा प्रकाशित

काठमाडौं, पुस ७-
सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले पहिलो जित हात पारेको हो।थ्रीस्टारले सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गरेको हो।जारी लिगमा पुलिसले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

यता नेपाल पुलिस क्लब अझै जित बिहीन छ। पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो।

सोमबार थ्रीस्टारलाई जित दिलाउन सुशील राईले गोल गरे। उनले खेलको ८४ मिनेटमा गरेको गोल थ्रीस्टारलाई तीन अंक जोड्न काफी बन्यो।यसअघि दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu