Connect with us
Kapilvast Forest

पोखरा प्रिमियर लिग : चितवन राइनोज फाइनलमा

२०७६, ८ पुष मंगलवारमा प्रकाशित

पुस ८, २०७६ |
कास्की – चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंलाई लिग चरणको अन्तिम खेलमा ६० रनले हराउँदै चितवनले फाइनलमा स्थान बनाएको हो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६७ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको चितवनले दुई रनमा पहिलो विकेट गुमायो ।

आज ओपनरका रुपमा आएका करण केसी मात्र एक रनमा आउट भए । तर दोस्रो विकेटका लागि बाबर हायात र रोहन मुस्तफाले शतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए ।

जसमा दुवैले अर्धशतक बनाए । बाबर हायातले ४७ बलमा तीन चौका र ६ छक्काको मद्धतमा ७० रन बनाए । त्यसपछि क्रिजमा आएका आरिफ शेखले १५ रन बनाए । यस्तै रोहनले ५९ रनको योगदान गरे भने सन्नी पटेलले १५ रन बनाए।

जवाफमा काठमाण्डौ २० ओभरमा नौ विकेट गुमाउँदै एक सय सात रनमा रोकियो उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । दुई रनमा दुई विकेट गुमाएको काठमाडौंले १८ रन बनाउँदा तीन विकेट गुमायो । उसका दुबै ओपनरले खाता खोल्न सकेनन् । त्यसपछि गौरव तमोर पनि ६ रनमा आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल र पवन सराफले काठमाडौंका पारीलाई सम्हाल्ने प्रयास गरेका थिए तर सफल भएनन् । जसमा पवनले २७ तथा ज्ञानेन्द्रले ४० रन बनाए । यस्तै पृथु बास्कोटाले १८ रनको योगदान गरे ।

यो हारले काठमाण्डौले आफ्नो खेल जितेर प्लेअफमा पुग्ने सम्भावना समाप्त गरेको छ । बुटवल यसअघि नै प्लेअफमा पुगिसकेको छ भने अब अर्को एउटा स्थानका लागि भोली विराटनगरले बुटवलसँग प्रतिस्पर्धा गर्ने छ । यदि सो खेलमा बिराटनगर विजयी भएमा रन रेटमा उसले बुटवलसँग इलिमिनेटर खेल्नेछ । हारेमा रनरेटमा काठमाण्डौले इलिमिनेटर खेल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu