Connect with us
Kapilvast Forest

सवारी दुर्घटनामा चारको मृत्यु

२०७६, ९ पुष बुधबारमा प्रकाशित

 

काठमाडौं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । सप्तरी र रुपन्देहीका विभिन्न स्थानमा भएका दुर्घटनामा परी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मंगलबार राति सप्तरीको रुपनी गाउँपालिका–६ बीरेन्द्रबजार नजिक स.१ ज १३८१ नम्बरको जिपले स.१० प ८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटना स्थलमै र मोटरसाइकल सवार एकको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुने दुवैजनाको परिचय खुलेको छैन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

यसैगरी मंगलबार दिउँसो सप्तरीकै सुरुङ्गा नगरपालिका–४ कदमाहस्थित ना.३ ख १२६९ नम्बरको बसले ना.६५ प ९०४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक अन्दाजी २६ वर्षीय अरुण प्रसाद साहको राउ स्मारक अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै रुपन्देही रोहिणी गाउँपालिका–३ रामनगरस्थित ना.५ च ५८१ नम्बरको जिपले लु.५१ प ९५५३ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रोहिणी गाउँपालिका–३ बस्ने ४२ वर्षीय बृजकिशोर प्रसाद गुप्ताको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu