Connect with us
Kapilvast Forest

सेटिङ्गमा मौलाउदै गोरु तस्करी, प्रशासन मौन

२०७६, १४ पुष सोमबारमा प्रकाशित

  • मोहन बेल्बासे कपिलवस्तु पुष १४,

पछिल्लो समय गोरु तस्करी मौलाउदै गएको छ । कपिलवस्तुको पश्चिमी क्षेत्र गोरु तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको हो  । जिल्लाको सिमा आसपासका क्षेत्रबाट खुलेयाम नेपाल र भारतका गोरुहरु तेस्रो मुलुक बङ्गलादेश पुग्ने गरेका छन् ।

तस्करहरुले जिल्लाको पश्चिम बहादुरगंजमा गोरुहरु डम्पिङ्ग गरी ट्रकका ट्रक कपिलवस्तुबाट देशको पूर्वी भाग सर्लाहीको नवलपुर र काँकडभित्ता हुँदै तेस्रो मुलुक पुग्ने गरेको गोरु ओसार पसारमा संलग्न भारतका वृज मुसलवान बताउने एक व्यक्तिले कुराकानीको क्रममा भने । उनले आफूहरु कर्मचारी भएको बताउदै भारत र नेपालबाट गोरु जम्मा गरेर सप्लाई गर्ने गरेको बताए ।

एउटा गोरु संकलन स्थलसम्म ल्याए वापत आफुहरुले प्रति गोटा ५ सय देखि एक हजार रुपैया सम्म पाउने गरेका कारण यो पेशा गर्दै आएको बताए । यसरी ल्याइएका गोरुहरुको साहु र प्रकृयाका बारेमा आफूहरुलाई केहि थाहा नभएको अनविज्ञता प्रकट गरेका छन् ।

तस्करहरुले कृषि प्रयोजनको खुकुलो मापदण्डको फाईदा उठाउँदै नेपाली बाटो हुँदै ट्रकका ट्रक गोरुहरु तेस्रो मुलुक पु¥याउने गरेका छन् । उनीहरुको यस्तो कार्यमा नेपाल र भारतका गोरुहरु तस्करीमा भन्सार कार्यालय, पशु क्वारेन्टाईन र सुरक्षा निकायदेखि केन्द्रीय सरकारका उच्च तहका व्यक्तिहरुको समेत संलङ्गनता हुने गरेको नाम नबताउने शर्तमा एक उच्च ओहोदाका कर्मचारीले बताए ।

 एक व्यक्तिले पनि गोरु तस्करीमा सानादेखि गृह मन्त्रालय स्तरका सम्मको पहँुच रहेको स्पष्ट पारे । भारतमा एउटा प्रदेशबाट अर्को प्रदेशमा गोरु लैजान कडा नियम भएकै कारण उत्तर प्रदेशका गोरुहरु नेपालको बाटो हँुदै देशको पूर्वी भागबाट पुन भारत प्रवेश गराएर गोरुहरु तेस्रो मुलुक पु¥याउने गरेको तथ्य खुलेको हो । नेपालमा कृषि जन्य प्रयोजनका लागि पशु चौपाया ढुवानी गर्न पाउने व्यवस्था छ । यसै खुल्ला व्यवस्थाको फाईदा उठाउँदै व्यापारीहरु र माथि उल्लेखित स्रोतहरुले जिल्लाको पश्चिम क्षेत्र बहादुरगंज नजिक जवाभारीमा आसपासमा जम्मा गरी तस्करी गर्ने गरेका छन् त्यसको करिव १ किलोमिटरकै दुरीमा प्रहरी कार्यालय रहदा सम्म बेखबर हुनु र चाल पाएर पनि नपाए जस्तो गर्नु रहस्यमय छ ।

यता यसरी दैनिकजसो जाने गोरु तस्करीहरुबाट प्रहरीहरुले मासिक र ट्रिप पिच्छे रकम लिने र राजमार्गका सवै चेक पोइन्टमा रकम पु¥याउने गरेका कारण पनि विना रोकतोक गोरुहरु ओसार पोसार भइरहेको श्रोतको दावी छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमशेर राणाले असार, श्रावण र भदौमा गोरुहरु ओसार पोसारमा रोक लगाएको भएपनि माथीको निर्देशन अनुसार कागजात पु¥याएका गोरुहरुलाई रोक्न नमिल्ने बताए । साथै उनले यस प्रकृयामा माथीबाट कडाई गर्न सकेमात्र ओसार पोसार रोकिने भन्दै माथीको आदेश आए तत्काल रोक्ने बताए ।

यता केही दिन अघि स्थानीय युवाहरुले गोरु ओसार पोसारमा संलग्न ट्रक रोकेर चेकजाँच गर्दा दाङ्ग जिल्लाको भेटनरी पत्र बनाएर जिल्लाको जवाभारीबाट गोरु लोड गरेर लैजाने गरेको रहस्य फेला परेको हो । गाई गोरु नेपाल वाहिर लैजान कानुनी रुपमा प्रतिबन्ध भएपनि तस्करीको सेटिङका कारण पूर्व पश्चिम राजमार्गका प्रहरी चेक प्वाइन्टबाटै खुलेयाम जाने गरेका छन् । यतिबेला कपिलवस्तु, दाङ र रुपन्देही जिल्लाबाट गोरु तस्करी मौलाइरहेको छ भने उक्त क्षेत्रमा रहेका प्रहरी चौकीसंगको सेटिङका कारण विना रोकतोक गोरु तस्करी बढेको हो ।

दिनहुँ जसो पश्चिमक्षेत्रबाट प्रहरी चेकप्वाइन्टबाटै रातीको समयमा ५÷७ ट्रक गोरु जाने गरेका छन् । यस विषयमा प्रदेश ५ कि कृषि मन्त्री आरती पौडेललाई संग सम्पर्क हुन सकेको छैन् ।

अझ अर्को कुरा के भने कृषि प्रयोजनका नाममा ढुवानी हुने यी गोरुहरु ट्रकका ट्रक सधै सर्लाहीको नवलपुर र कांकडभित्ता जानु र यस विषयमा सरोकारवाला वेखबर बन्नु थप रहस्यमय छ । होइन भने यी दुई ठाउँमा मात्र कृषि प्रयोजनकै लागि भन्दै ट्रकका ट्रक गोरु जाँदा समेत किन अनुसन्धानको विषय नबन्ने यी दुई स्थानको कृषि प्रयोजनमा कति गोरु आवश्यक भन्ने बुझेर यसलाई कडाई गर्नमा प्रदेश सरकार लाग्न जरुरी देखिन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu