Connect with us
Kapilvast Forest

प्रदेश ३ काे नाम बाग्मती राख्ने निर्णयकाे विराेधमा कोणसभा

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

काठमाडौँ-प्रदेश ३ को नाम बाग्मती राख्‍ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको निर्णयको विरोधमा मङ्‍गलबार साँझ काठमाडौंमा कोणसभा गरिने भएको छ।

उक्त निर्णयको विरोध गर्दै पहिचानको आधारमा प्रदेशको नाम नेवाः ताम्सालिङ कायम गर्न माग गरिएको छ।नेपाः युथ अर्गनाइजेसन, नेवाः राजनीतिक अभियान, सेभ नेपाः भ्याली मुभमेन्ट, नेपाः राष्ट्रिय परिषद्, नेपाल सांस्कृतिक पुनर्जागरण अभियान, नेपाः दे गुठी नेपालमण्डल र उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्‍घर्ष समितिले संयुक्त रूपमा उक्त कोणसभा गर्न लागेको हो।काठमाडौंको व्यस्त बजार क्षेत्र इन्द्रचोकमा मङ्‍गलबार ४ बजे उक्त कोणसभा गर्ने आयोजकले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu