Connect with us
Kapilvast Forest

विप्लव समूहसँग वार्ता गर्न सरकारबाट टोली गठन

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं – नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ताका लागि वार्ता टोली गठन भएको जानकारी दिनु भयो ।

वार्ताद्वारा नै सबै समस्या समाधान गर्ने गरी वार्ता टोली गठन भएको मन्त्री गुरुङले जानकारी दिनु भएको छ ।केही समय अगाडिदेखि नै सरकारी पक्ष र प्रतिबन्धित विप्लव समूहबीच अनौपचारिक वार्ता हुँदै आएको थियो ।

अनौपचारिक वार्ता सकारात्मक भएपछि औपचारिक वार्ताको वातावरण बनेको सरकारी स्रोतको भनाइ छ ।प्रतिबन्धित नेकपाका महासचिव विप्लवले केही दिन अगाडि एक वक्तव्य जारी गर्दै आफूहरुमाथि लगाइएको प्रतिबन्ध हटाइए सरकारसँग वार्ता हुने बताउनु भएको थियो ।

तर, सरकारले भने वार्ताकै क्रममा सबै मागहरुको सम्बोधन हुने बताएको छ । सरकारका प्रवक्ता गुरुङले सबै कुरा वार्ताद्वारा नै टुंगिने बताउनु भयो ।

‘उहाँहरुका नेता(कार्यकर्तामाथि लागेका मुद्दा, हतियारको विषय सबै कुरा टुंगो लागेको छ,’ गुरुङले भन्नु भयो ‘वार्ता अगाडि नै सबै कुराको समाधान गरेर त्यसको औचित्य हुँदैन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu