ओलीलाई हटाउने तागत नेकपामा मात्रै छ: राजेन्द्र महतो
कैलाली – जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताउनु भएको छ।
मंगलबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा नेता महतोले ओलीलाई हटाउने तागत उहाँकै पार्टी नेकपालाई मात्रै रहेको बताउनु भयो । प्रतिपक्षमा रहेका काँग्रेस र जसपा मिल्दा पनि नेकपाले निर्णय नगरेसम्म कम्युनिष्ट सरकारको विकल्प तयार नहुने उहाँको भनाइ छ।
‘काँग्रेस र जसपा मिलेर पनि हाम्रो बहुमत पुग्दैन। ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै होु, नेता महतोले भन्ुनु भयो । अहिले पनि ओलीजी पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ। खोइ त हटाएकोरु हटाउन सक्नुपर्यो नि१ दुनियाँलाई झुक्याउने काम भइरहेको छ।’
अहिलेसम्म नेकपा एक रहेको र कानुनी रुपमा नफुटेसम्म बैकल्पिक सरकारका लागि कुनै छलफल आवश्यकता नभएको महतोको भनाइ छ। ुअस्ति प्रचण्डजीले छलफलमा बोलाउनुभएको थियो। संसद र सरकारमा मिलेर जाने सिधा प्रस्ताव राख्नुभयो, महतोले भने, मैले सुरुमै तपाइँहरु कुन पार्टीको भनेर सोधेँ।’
कम्युनिष्ट र काँग्रेसका नेतामा नैतिकताको खडेरी रहेको उनले बताए। ‘राजीनामा माग्ने कुरा होइन, अनुभूति गरेर स्वतः दिने कुरा हो। उहाँले भन्नु भयो केपी ओलीमा पनि नैतिकता भएको भए पद छोड्थे।’आफ्ना मुद्दाहरु थाति राखेर आफूहरु सरकारमा नजाने महतोले बताउनु भयो ।
नेता महतोले आफ्नो पार्टीका नेता रेशम चौधरीलाई जेलमा राखिरहने तागत सरकारसँग नभएको बताउनु भएको छ । महतोले भन्नु भयो ‘रिहाइ नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ । हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग छैन ।’
कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरूहट आन्दोलनका क्रममा हिंसा भड्किदा एक नाबालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशमलाई जन्मकैदको फैसला भएको थियो ।
घटनापछि फरार रहेकै अवस्थामा चौधरी कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी हुनु भएको थियो । अहिले उहाँ जेलमा हुनुन्छ ।