Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख सापकोटाले सबै दलका नेतासँग छलफल गर्ने

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

samsad

काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताउनु भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठक कक्षको तयारीको अवस्थाबारे अवलोकन गर्न संसद भवन नयाँ बानेश्वर पुग्नु भएको बेला संबद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताउनु भएको हो ।

बैठक कक्षको व्यवस्थापनको अवलोकनपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले सर्वोच्चको फैसला खुसी र गौरवको विषय भएको र संसद अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने बताउनु भयो । केही समय संसद अवरुद्ध भएकोले खल्लो महशुस भएपनि अहिले सबैमा उत्साह जागेको उल्लेख गर्नु भयो ।

प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म संघीय संसदका सबै सांसदहरु तथा कर्मचारीहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन समेत लगाइँदैछ । राजनीतिक रुपमा दुई धारमा नेकपा विभाजन भएपनि कानुनी रुपमा नहुँदा आगामी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली पक्षीय नेकपा र प्रचण्ड–नेपाल पक्ष नेकपाबीच रस्साकस्सी हुने निश्चित देखिन्छ । प्रचण्ड–नेपाल पक्ष नेकपाले प्रतिनिधिसभा बैठक सञ्चालनसँगै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे गृहकार्य गरिरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu