Connect with us
Kapilvast Forest

भोलि बस्‍ने भनिएको प्रदेश १ सभा बैठक स्थगित

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

विराटनगर- बिहीबार (भोलि) का लागि तय भएको प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयले बिहीबार बस्ने बैठक आगामी चैत्र २ गते सोमबारका लागि बस्ने सूचना टाँस गरेर स्थगित गरेको हो।

यसअघि फागुन ९ गते प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस भएसँगै फागुन २० गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो।

प्रदेश सभा सचिवालयले जारी गरीएको सूचनामा भनिएको छ– ‘यस प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक मिति २०७७ साल फागुन २० गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी तोकिएकोमा विशेष कारणले उक्त बैठक मिति २०७७ साल चैत्र २ गते सोमबार दिनको १२ः३० बजे प्रदेश सभाहल, प्रदेश नं. १, विराटनगरमा बस्ने व्यहोरा मानीनय प्रदेशसभा सदस्यहरुको जानकारीका लागि प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu