Connect with us
Kapilvast Forest

सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार दोस्रो पटक स्थगित

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

sudur paschim

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशनको बैठक स्थगित भएको छ। आज आह्वान गरिएको बैठक स्थगित भएको हो। बैठक स्थगित भएको भन्‍दै प्रदेश सभामा सूचना टाँस गरिएको छ।

सो सूचनामा विशेष कारणले बैठक स्थगित गरिएको उल्लेख गरिएको छ। यसअघि सोमबार आह्वान गरिएको बैठक पनि सुरु नहुँदै सूचना टाँस गरी स्थगित भएको थियो। प्रदेश सभाको अर्को बैठक भोलि बिहीबार दिउँसो १ बजे आह्वान गरिएको छ।

प्रदेश सभाको विषयगत समितिमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफल सकिएर आज सभामा पेश गरिने कार्यक्रम रहेको सभामुख अर्जुनबहादुर थापाले बताउनु भयो ।
उनले भने, ‘सो विधेयकलाई विषयगत समितिले अन्तिम रुप नदिएपछि बैठक स्थगित गरिएको हो।’ भोलि आह्वान गरिएको बैठक जसरी पनि सञ्चालन हुने थापाले बताउनु भयो।

सातौँ अधिवेशनको पाँचौ बैठकसम्म आइपुग्दा सभाबाट एक अध्यादेश र एक ऐन पारित भइसकेको छ भने विजनेश नहुँदा दुई पटक बैठक स्थगित गरिएको छ।
प्रदेशको सातौँ अधिवेशन शुरु भएदेखि चौथो बैठकबाट वातावरण संरक्षणसम्बन्धी कानुन संशोधन र एकिकरण गर्न बनेको अध्यादेश र पाँचौँ बैठकबाट सुदूरपश्चिम

प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। अहिले प्रदेश सभाको विषयगत समितिमा चार वटा विधेयक दफाबार छलफलमा रहेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu