Connect with us
Kapilvast Forest

कांग्रेस प्रतिपक्षमै बस्छ : गगन थापा

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

जनकपुरधाम – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदले देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । संसदले निकास दिएपनि पाँच वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पाएका कारण कांग्रेस प्रतिपक्षमै बस्ने उहाँले बताउनु भयो ।

‘पाँच वर्षसम्म सरकार चलाउने मौका पाएपनि कम्युनिस्टले चलाउन सकेन । उसले पाएको जनादेश खण्डित भयो । हामीले त्यो जिम्मा पाएका छैनौं,’ महोत्तरीको बर्दिवासमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भन्नु भयो ।

‘निकास दिनका निम्ति केही क्षण केही अप्रिय निर्णय गरेतापनि कांग्रेस अब मौका पायो भनेर २ वर्षका लागि सरकार चलाउने ध्येय राख्दैन् । हामीलाई अर्काको भाग पनि चाहिएको छैन् ।”अब देशलाई सम्हालेर निर्वाचनमा जाने र शानदार बहुमत प्राप्त गरेर आफ्नो भाग कांग्रेसले खाने उहाँले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu