Connect with us
Kapilvast Forest

महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

काठमाडाैं-महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रिमियममा एफ.पि.ओ.निष्कासन गर्ने भएको छ । एफ.पि.ओ.निष्कासनका लागि कम्पनीले आवश्यक प्रक्रिया अगाडि बढाएकाे छ ।

कम्पनीको यही चैत २५ गते आठौं साधारण सभा हुदैंछ । सोही साधारण सभामा यस सम्बन्धी प्रस्ताव पेश गर्ने र साधारण सभाले पारित गरेपछि कम्पनीले बोर्डमा आवेदन दिनेछ । त्यसपछि कम्पनीले एफपीओ निष्कासन गर्ने जनाएकाे छ ।

कम्पनीले प्रिमियममा एफपीओ जारी गर्ने बताएपनि कति मूल्यमा एफपीओ जारी गर्ने भनेर खुलाएको छैन ।

सभाले आर्थिक वर्ष २०७६र७७ वार्षिक प्रतिबेदनमाथि छलफल, कम्पनीको नवीकरण, नाफा नोक्सान, नगद प्रवाह वितरण सँगै आर्थिक बर्ष २०७७-७८ का लागि लेखा परीक्षक नियुक्ति लगायत एजेन्डामा छलफल हुने भएको छ । सभाले बोनस सेयर वितरणमा लाग्ने कर प्रयोजनका लागि र कायम चुक्ता पूँजीबाट १.५ प्रतिशत नगत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu