चन्द्रागिरी हिल्सको शेयरमूल्यमा आइतबार पनि सर्किट
काठमाडौं – आइतबार पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । धितोपत्र दोस्रो बजारमा हालसम्म २४ दिनको कारोबारमा चन्द्रागिरी हिल्सको शेयरमूल्य निरन्तर बढेर आइतवार रू. ८८४ पुुगेको हो ।
यो दिन ९ दशमलव ९५ प्रतिशत अर्थात अघिल्लो कारोबार दिनभन्दा प्रतिकित्ता रू. ८० ले चन्द्रागिरी हिल्सको शेयरमूल्य बढेको हो ।
माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू. १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. ९६ दशमलव ६९ देखि रू. २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो ।