विश्वभरहतियार निर्यात गर्ने देशमध्ये अमेरिकाको हिस्सा ३७ प्रतिशत
एजेन्सी-विश्वभरमा हतियार निर्यात गर्ने देशमध्ये अमेरिकाले ३७ प्रतिशत हिस्सा ओगटेको एक अध्ययनले देखाएको छ । विगत ५ वर्षको तथ्याङ्कको आधारमा अमेरिकासँगै फ्रान्स र जर्मनीबाट हतियार निर्यातको मात्रा बढीरहेको पाइएको स्वीडेनको एक अनुसन्धान संस्थालाई उधृत गर्दै बीबीसीले लेखेको छ ।
चीन र रुसको भने हतियार निर्यातको मात्रा घटिरहेको देखाएको उक्त संस्थाको दावी छ । कोरोना महामारीको प्रभावका कारण हतियार निर्यातमा केही फेरबदल देखिएको छ । मध्यपूर्वमा सबैभन्दा बढी हतियार आयात भइरहेको पाइएको उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट (सीपरी) मा बरिष्ठ सोधकर्ताका रुपमा कार्यरत पीटर वेजमनले बिगत दुई दशकमा भएको हतियार आयात निर्यातको तिव्र बृद्धि अहिले अत्यन्तै कम रहेको बताउनुभएको बीबीसीले लेखेको छ ।