Connect with us
Kapilvast Forest

सिकाई केन्द्र शिक्षलयको रुपमा चिनिनु पर्छ :सांसद केसी

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

 

सीता बेल्बासे, कपिलबस्तु – सगरमाथा सामुदायिक सिकाई केन्दको प्रथम साधारण सथा सम्पन्न भएको छ । शिवराज नगरपालिका ५ मा रहेको सगरमाथा सामुदायिक सिकाई केन्दको प्रथम साधारण सथा मंगबार सम्पन्न भएको छ । २०७५ सालमा स्थापना भएर निरन्तर काम गदै आएको यस सिकाइ केन्द्रमा पुस्ताकलय स्थापना गरी सिकाईलाइ निरन्तर दिने मुख्य उदेश्य रहेको संस्थाले जानकारी दिएको छ ।

साधरण सभालाई सम्बोधन गदै लुम्विनि प्रदेश सथा सदस्य अर्जुन कुमार केसीले सगरमाथा सामुदायिक सिकाई केन्द्रले पुस्ताकयमा स्थापना गरेको छ । समाजका मानिस शिक्षामा अगाडि छ वा छैनन् भनेर देखाउने माध्यम भनेको शिक्षलय हो त्यसैले यस्ता सिकाई केन्द्र पुस्ताकलय स्थापना हुनु पर्न भन्नु हुन्छ । साथै लुम्विनि प्रदेश सथा सदस्य केसीले सिकाई केन्द्रलाई व्यवस्तित माध्यम बाट पुस्ताकयल बनाउनु पर्न बताउनु भयो ।

जुन सुकै सिकाई लिनको लागि यस पुस्तालयमै लिन सक्ने वातावरण मिलाउने बताउदै आप्नो तर्फबाट पनि पहल गर्न बताउनु भयो । निरन्तर सिकाई अभ्यासको लागि पुस्ताकलय स्थापना भएको बताउदै अझ प्रभावकारी बनाउन इन्टरनेटको व्यबस्था आवश्यक रहेको शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थिले बताउनु भयो । क्षमता अभिवृति गर्नको लागि सिकाइ केन्द्र पुस्ताकलय हुनुपर्न बताउदै क्षमता विकासको लागि प्रशिक्षणका कार्यक्रम आवश्यक रहेको सिकाईले आर्थिक रुपमा पनि वृदि हुने हुदा सिकाई महत्वपुर्ण रहेको उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमसेद अलि मियांले बताउनु भयो ।

मानव अधिकार प्रतिष्ठानका सभापति विस्नु प्रसाद खतिवडा व्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेव पोखेरेले शुभकामना दिदै यस सिकाई केन्द्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्न जोड दिनु भयो । कार्यक्रममा प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष विस्नुप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाको कोषअध्यक्ष कविता अधिकारीले विभिन्न खर्चमा जम्मा ६लाख १८ हजार८ सय २ रुपैयाको कारोबार प्रस्तुत गर्नू भएको थियो ।

कार्यक्रममा शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारी,वडा न ५का वडाअध्यक्ष अर्जुन बहादुर केसी विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रमको संचालन संस्थाका सचिव नेत्र बेल्बासे गर्नुभएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu