Connect with us
Kapilvast Forest

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

एजेन्सी-पूर्वी अफ्रिकी देश तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ बर्षको उमेरमा निधन भएको छ।​तान्जानियाका उपराष्ट्रपतिले राष्ट्रपतिको मगुफुलीको निधन भएको घोषणा गर्नु भएको छ । राष्ट्रपतिको बुधबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताउाु भएको हो ।

पछिल्लो दुई सातादेखि राष्ट्रपति सार्बजनिक कार्यक्रममा नदेखिएपछि उहाँको स्वास्थ्यमा समस्या रहेको थियो। राष्ट्रपति मगुफुली अफ्रिकी देशहरुमा कोरोना बारेमा आशंका गर्ने नेताहरु मध्ये अगाडी रहेका थिए। उनले देशमा गत मे देखि नै कोरोना सम्बन्धि जानकारी दिन बन्द गर्नु भएको थियो भने कोरोनाको खोप पनि किन्नु नपर्ने घोषणा गरेका थिए। त्यस्तै गत जुनमा नै तान्जानियालाई कोरोना फ्री देश घोषणा गरिएको थियो।​

तान्जानियाको सामाजिक संजाल र मिडियामा राष्ट्रपतिलाई पनि कोरोना भएको र कोरोनाबाटै उनको निधन भएको आशंका गरिएको छ तर सरकारले भने यस बारेमा स्पष्ट जानकारी दिएको छैन।

राष्ट्रपतिको निधनपछि तान्जानियामा १४ दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ। अब तान्जानियाको संबिधान अनुसार उपराष्ट्रपतिले राष्ट्रपतिको शपथ लिएर उहाँको बाँकी कार्यकालका चलाउनुहुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu