Connect with us
Kapilvast Forest

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

२०७७, ८ चैत्र आईतवारमा प्रकाशित

bheri-hospital

 

काठमाडौं- बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।भेरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–२१ की ६९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

 

स्वास्थ्यमा सामान्य समस्या आएपछि माघ १६ गते भेरी अस्पतालमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।

माघ १६ गते नै अस्पतालमा भर्ना भएकी उनलाई कोरोना पुष्टि भएपछि कोभिड आइसोलेसनको आईसीयू कक्षमा राखेर उपचार थालिएको थियो ।

रोगको प्रकृति अनुसार प्लाज्मा थेरापी, रेमडेसिभिर लगायत सबै प्रकारको आवश्यक सपोर्टमा भेन्टिलेटरमा राखेर उपचार गरिए पनि आइतबार बिहान २ः३८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu