Connect with us
Kapilvast Forest

अब केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ : भीम रावल

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

bhim.jpg

 

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताउनुभएको छ ।

माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो , ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो

 

पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको उहाँले बताउनुभयो । ‘पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’ पार्टी अध्यक्ष ओलीतर्फ संकेत गर्दै रावलले भन्न्ुभयो ।

अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको लगायतका विषयमा स्पष्टीकरण सोध्ने उहाँले बताउनुभयो ।

स्पष्टीकरण सोध्दै आफूहरुलाई काटिएको पत्रलाई नक्कली केन्द्रीय कमिटीको अवैध पत्र भन्दै रावलले भन्न्ुभयो, ‘त्यस्तो नक्कली लुगा फुकालेर जस्ताको जस्तै जनतामा ल्याइदिन्छौं ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu