Connect with us
Kapilvast Forest

ओलीमा नेपाली हिटलरको अवतार देखियो :एमाले नेता नेपाल

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

madhav nepal

काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको अवतार भएको आरोप लगाउनुभएको छ । एमालेको असन्तुष्ट नेपाल पक्ष निकट विद्यार्थी संगठनको आज काठमाडौँमा आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीलाई नेपाली हिटलरको संज्ञा दिनुभएको हो ।

नेकपा एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद जबज को सिद्धान्त विपरित प्रधानमन्त्री ओली हिँडेको आरोप लगाउँदै नेता नेपालले ओलीको निरंकुशतावादी अधिनायकवाद मात्रै भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओली जनताको बहुदलीय जनवाद अनुसार चल्न नसकेको उहाँको भनाइ थियो ।

ओलीले कम्युनिस्ट पार्टीलाई विभाजन तर्फ लगिरहेको आरोप लगाउँदै नेता नेपालले अहिलेको अवस्थामा सबैलाई ओलीको भ्रमबाट मुक्त गर्नु पर्ने बेला आएको बताउनुभयो । जबजको सिद्धान्त पार्टीको बहुमतलाई मान्नु भएपनि ओलीले बहुमतलाई नमानेको नेपालको तर्क थियो ।

अनुशासन उल्लंघन गरेको भन्दै १० बुँदे स्पष्टीकरण पत्र काटेपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल पार्टी नेतृत्वप्रति अझ आक्रामक देखिनु भएको छ । स्पष्टीकरणले नतर्सने भन्दै उहाँले जनवर्गीय संगठनसँगै जिल्ला कमिटीहरुको भेला गर्ने बताउनु भयो ।

एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र सहभागी ७ चैतको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । महासचिव ईश्वर पोखरेलले सोमबार पठाएको पत्रमा नेता नेपालमाथि १० बुँदे आरोप लगागाउनु भएको छ र तीनदिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

त्यसको भोलिपल्ट मंगलबार नेपाल समूहसम्वद्ध विद्यार्थीहरुले गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता नेपाल प्रमुख अतिथिको रुपमा सहभागि जनाउनु भएको थियो । नेपाल समूहका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु उपस्थित भेलालाई सम्बोधन गर्दै उहाँले ‘कथित स्पष्टीकरण’बाट नतर्सिने बताउनु भयो ।

मंगलबार मात्र एक नेताले आफूलाई भेटेर ‘कमरेड केपी ओलीसँग मिल्नुस्, जेजे कारबाही नै गरे पनि सहिदिनुस्’ भनेको भन्दै उनले सहभागीहरुलाई प्रश्न गर्नु भयो , ‘के हामी घुँडा टेक्ने बाटोमा जाने हो रु आत्मसमर्पणको बाटोमा जाने हो रु केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो रु’

)हलबाट होइन भन्ने चर्को अवाज आयो) उहाँले पनि भन्नु भयो ‘यो हामीलाई किमार्थ मन्जुर छैन । केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौं, आतंकित भएका छैनौं । त्यसको सामना गर्न तयार छौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu