Connect with us
Kapilvast Forest

कपिलवस्तुका चार संगठनद्धारा २ बुँदे सहमति

२०७७, ११ चैत्र बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुमा प्रेस चौतारीसहितका चार संगठनले आसन्न नेपाल पत्रकार महासंघको चुनाव लक्षित समान धारणा बनाएका छन् । बुधबार वाणगंगाको बैरियामा बसेको प्रेस चौतारी नेपाल, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ र प्रेस मन्च नेपालका जिल्ला अध्यक्षहरु बीच चुनाव केन्द्रित समान धारणा बनेको हो ।
आगामी चैत्र २५ गते हुन लागेको चुनावमा संगै सहकार्य गर्ने गरी दुई बुँदे लिखित सहमतीसहित निर्णय गरिएको प्रेस चौतारीका अध्यक्ष हरि अधिकारीले जानकारी दिनुभयो । महासंघ साझा चरित्रको श्रमजीवि पत्रकारहरुको छाता संगठन भएकाले यसलाई सहमतीका आधारमा साझा नेतृत्व चयन गर्नु पर्ने र आवश्यक परे एकता र सहकार्य गरी अगाडी जाने गरी निर्णय भएको प्रेस संगठन कपिलवस्तुका संयोजक अर्जुन बेल्वासेले बताउनुभयो ।

महासंघ कपिलवस्तुको निर्वाचनबाट महासंघको साझा र समावेशी नेतृत्व चयन गर्नका लागि सर्वसम्मतको लागि सवै कृयाशिल संघ संगठनहरुको प्रतिनिधित्वको सुनिश्चितताको पहल गर्दै अन्य संगठनलाई पनि यो साझा अभियानमा ऐक्यवद्धताका लागि आव्हान गरिएको प्रेस चौतारीका पूर्व केन्द्रिय सदस्य विकास बञ्जाडेले बताउनुभयो ।

चार संगठनले संयुक्त प्रेस विज्ञप्ति निकालेर भएका सहमती सर्वाजनिक गरेका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष हरि अधिकारी, प्रेस संगठन नेपाल कपिलवस्तुका संयोजक अर्जुन कुमार वेल्वासे, प्रगतिशिल पत्रकार संघ कपिलवस्तु अध्यक्ष माधव भाट, प्रेस मंच नेपाल कपिलवस्तुका अध्यक्ष दिलिप कुमार यादवको विज्ञप्तिमा संयुक्त हस्ताक्षर रहेको छ ।

प्रेस विज्ञप्ति…

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu