नेपाल पक्षका सांसद बालुवाटारको संसदीय दलको बैठकमा सहभागी हुने
काठमाडौं-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मा नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन्।
नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा जाने तयारी भइरहेको सेतोपाटीलाई बताए। त्यसअघि नेपाल पक्षका सांसदको छुट्टै छलफलको तयारीसमेत भइरहेको पाण्डेले बताउनुभयो ।
बैठकमा सबै जना जाने कुरा भएको छु, पाण्डेले भन्नुभयोबैठकमा सहभागी हुने विषयमा यसअघि पनि कुराकानी भएको हो। तर त्यतिबेला भेला भएकाले जान भ्याइएन। बैठकमा सहभागी हुने कुरालाई हामीले सामान्य ढंगले लिएका छौं। तर बाहिर ठूलो विषय बनाइएको छ।ु
पाण्डेले धेरैजसो दलका सदस्यहरूको बैठक सिंहदरबारमा गरेको भए हुने भन्ने मत रहेको बताउनुभयो।चैत ५ गते कार्यकर्ता भेला भएकाले गइएन। त्यसपछिको ७ गते नेताहरूले विधि पद्धतिको कुरा गरेकै कारण गइएन, त्यतिबेला मागपत्र लैजाने र बैठक बालुवाटार बाहिर गर्नुपर्छ भन्ने कतिपय नेताहरुको चाहना थियोु, पाण्डेले भने, ुकोही नेताहरू अझै स्पष्टिकरण लेख्दै हुनुहोला। कतिपयले बुझाउन जानुहोला।ु
पाण्डेले आफ्नो पक्षका नेता माधव कुमार नेपाल संसदीय दलको बैठकमा उपस्थित हुने नहुने केही खुलाउनु भएन।
ुथाहा छैन के गर्नुहुन्छु, नेता नेपालले भन्नुभयो।
नेपाल पक्षका स्थायी समिति सदस्यसमेत रहेका सांसद योगेश भट्टराईले पनि बालुवाटारको बैठकमा आफूहरू सहभागी हुने बताएका छन्।