Connect with us
Kapilvast Forest

गुट फेरि-फेरि श्रीमतीलाई मन्त्री !

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपाका सांसद शेरबहादुर तामाङ नेकपा विभाजन भएपछि गुट परिवर्तन गरेर चर्चामा आएका पात्र हुनुहुन्छ ।उहाँ मात्रै होइन उहाँकी श्रीमती उषाकला राईसमेतले कहिले ओली गुट र कहिले नेपाल गुट परिवर्तन गर्नु भएको थियो ।

जसका कारण उनीहरुलाई अस्थिर नेताका रुपमा समेत नेकपा नेता कार्यकर्ताले हेर्ने गर्दथे ।अहिले तामाङ दम्पतीले गुट परिवर्तन गर्नुको रहस्य मन्त्री पद भएको पुष्टि भएको छ । तामाङ पत्नी उषाकला राई प्रदेश १ को सामाजिक विकासमन्त्री हुने पक्का भएपछि गुट परिवर्तनको रहस्य खुलेको हो ।

त्यसैको लागि तामाङ दम्पती कहिले ओली र कहिले नेपाल गुटमा लागेका थिए । स्रोतका अनुसार पत्नी राई र मुख्यमन्त्री शेरधन राईको दबाबमा तामाङ दम्पती गुट परिवर्तनमा लागेको थिए । उषाकला र शेरधन आफन्त पर्ने बताइन्छ ।

शुक्रबार प्रदेश-१ को मन्त्रिपरिषद् विस्तारमा शेरधनले उषाकलालाई मन्त्री बनाएका छन् । मन्त्रीको लोभमा तामाङले यता र उता गरेको नेकपा नेता कार्यकर्ताको आरोप छ ।

तामाङले संघीय सरकारमा मन्त्री नपाएपछि उषाकलालाई मन्त्री बनाइएको स्रोतले बताएको छ । सिन्धुपाल्चोककै दावा लामालाई खेलकुद मन्त्री बनाएपछि तामाङले मन्त्री पद गुमाउनु परेको थियो । २०७४ को निर्वाचनमा लामा तामाङसँग पराजित भएका थिए ।

यस्तो छ गुट परिवर्तनको राज

नेकपा दुई गुटमा हुँदा सुरुमा ओली पक्षमा रहेका तामाङ दबाब धान्न नसकेर नेपाल पक्षमा आएका थिए । नेकपा विभाजन हुँदा पनि तामाङदम्पतीलाई मन्त्रीको अफर गरेरै ओली गुटमा ल्याएको स्रोतले बताएको छ ।

लामो समयदेखि वरिष्ठ नेता माधव कुमार नेपालसँग नजिक मानिएका तामाङ एकाएक ओली पक्षमा देखिदा तरंग नै फैलिएको थियो ।

स्रोतका अनुसार सिन्धुपाल्चोकबाट संघीय सांसदमा चुनाव जितेका तामाङलाई नेपाल पक्षका व्यवसायी तथा सहयोगीले नेपाल पक्षमा फर्कन दबाब दिएका थिए । उनीहरुले निर्वाचनमा चन्दा दिएको पैसा फिर्ता समेत मागेका थिए ।

‘तामाङ निकटका सिन्धुपाल्चोकका एक स्थानीय नेताले भने’, ‘सिन्धुपाल्चोक आउँदा चुनावमा खर्च गरेको लिष्ट नै लिएर रकम फिर्ता गर्न तामाङलाई स्थानीय नेता कार्यकर्ताले दबाब दिएका थिए ।’ उक्त दबाब थेग्न नसकेर नेपाल पक्षमा आएका तामाङ दम्पती केही समयमै ओली पक्षमा फर्किएका थिए ।

मेलम्चीमा आयोजित एक कार्यक्रममा ओली निकट नेता महेश बस्नेतले सिन्धुपाल्चोकको नेकपामा एक हप्तामा पहिरो जाने बताउनु भएकाे थियाे । त्यसको भोलिपल्टै तामाङदम्पती ओली पक्षमा फर्किएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu