Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीकै नेतृत्वमा देश समृद्ध हुन्छ, उहाँ भिजनरी लिडर होः ऋषि धमला

२०७७, १८ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं-रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नै मुलुकले विकास र समृद्धिको यात्रा तय गर्ने भनेर आफूहरुले सुरुदेखि नै यसको पक्षमा भूमिका खेलेको स्मरण गराउनु भयो । उहाँले यो देशका हरेक तह र तप्काले प्रधानमन्त्री ओलीलाई मन पराउने पनि सुनाउनु भयो ।

रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सभापतिको रुपमा सम्बोधन गर्दै पत्रकार धमलाले यस्तो बताउनु भएको हो । उहाँले प्रधानमन्त्री ओलीले नै देशलाई आमूल परिवर्तन गर्ने विश्वास दिलाउनु भयो । उहाँले ओलीलाई भिजनरी लिडरको रुपमा चित्रण गर्नु भयो ।

सम्बोधनको क्रममा पत्रकार धमला निकै भावुक बने । उहाँले क्लबलाई यहाँसम्म ल्याईपुर्याउनको आफूले धेरै संघर्ष गरेको पनि स्मरण गराउनु भयो । उहाँले प्रधानमन्त्री ओलीले कोरेको विकास र समृद्धिको यात्राले सगरमाथाको उचाईँ चुमोस भन्ने कामना पनि गर्नु भयो ।