Connect with us
Kapilvast Forest

फेरि चुनावमा लाने खेल भइरहेको छः चित्रबहादुर केसी

२०७७, १८ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई फेरि चुनावमा लाने खेल भइरहेको भन्दै त्यसले गम्भीर खतरा उत्पन्न गर्ने बताउनु भयो । रिपोर्टर्स क्लब नेपालको २३ औं वार्षिकोत्सवमा बोल्दै अहिलेको अवस्था निकै नराम्रो भएकोले देशको अस्तित्व नै खतरामा पर्न लागेको औल्याउनु भयो ।
‘चुनावमा फेरि जाने ध्याउन्नामा जान खोजिएको छ,’उहाँले भन्नु भयो ‘एउटा दलको झगडाको शिकार देश र जनता हुनुपर्ने र बारम्बार अस्थिरता हुनुपर्ने छ ।देशकै अस्तित्व खतरामा पर्नसक्छ ।’ संविधानमा विगतको जस्तो अस्थिरता नआउने स्पष्ट व्यवस्था हुँदाहुँदै अस्थिरता ल्याइएको तर्क गर्नु भयोे ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनक गल्ती हो भनिसक्दा पनि विघटन गर्नेहरु विजेता जस्तो छाति ठोकेर हिंडेकोमा आलोचना गर्नु भयो । देश दिशाविहिन भएको तर्क गर्नु भयो ।देशमा नेकपामात्र पार्टी नभएको र अन्य पार्टीले पनि सरकार चलाउन सक्ने बताए । शक्तिराष्ट्रहरुले आ आफ्नो गोटी चालिरहेको तर्क गर्नु भयो । उहाँले भन्नु भयो े,‘विदेशीहरुलाई यही भुङ्ग्रोमा रोटी सेक्नुछ ।’ मुलुकलाई प्रतिगमनतिर लाने खेल भइरहेको बताए । देशलाई मजागको विषय नबनाउन आग्रह गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu