Connect with us
Kapilvast Forest

जीतपुर सिमरा गोल्डकप चैत ३१ देखी हुँदै

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

बारा-मोफसलका प्रतिस्ठित फुटबल प्रतियोगीतामध्येको एक सिमरा गोल्डकपको एघारौँ संस्करण चैत अन्तिमदेखी सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत्र ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो।

दशौँ संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकप’ नामांकरण गरिएको आयोजकले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको बिजेताले सात लाख र उपबिजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछन् ।

आयोकका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल वा स्कुटर प्राप्त गर्नेछन्। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार प्रदान गरिनेछ ।

प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनु भयो ।
– – – ऋक्ष्ल् – – –

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu