लुम्विनी प्रदेश स्तरिय उसुसंघको प्रथम भेला सम्पन्न
नवराज पौडेल कपिलवस्तु-
लुम्विनी प्रदेश स्तरिय उसु संघको प्रथम भेला नेपालगंजमा सम्पन्न भएको छ । लुम्विनी प्रदेश खेलकुद विकास समिती अन्र्तगतका विभिन्न संघ का पदाधिकारी र खेल संग सम्बधित व्याक्तीहरुको भेलाले कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यीय लुम्विनी प्रदेश स्तरिय उसु संघ समिती गठन गरेको छ ।
जसको उपाध्यक्षमा गीता चौधरी,सचिवमा तारा अधिकारी,कोषाध्यक्षमा सुरज थापा निर्विरोध चयन भएका छन् । यसै गरि सदस्यहरु मा कमल प्रसाद श्रेष्ठ,आतंक ओचित,भुपेन्द्र पुन,कैलास रोका मगर र नरेन्द्र कर्माचार्य चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी उसु केन्द्रिय महासंघका उपाध्यक्ष हरि थापाले उसु खेलको बारेमा बताउंदै नव गठित समितीले उसु खेलको विकास गर्नुपर्ने बताउनु भयो ।
भेलामा उसु केन्द्रिय महासंघका उपाध्यक्ष हरि थापा, संघका महासचिव लाक्पा छिरिङ शेर्पा,र सुदुर पश्चिम प्रदेश अध्यक्ष दुस्यन्त बस्नेत लगाएत लुम्विनी प्रदेश खेलकुद विकास समिती अन्र्तगतका विभिन्न संघ का पदाधिकारी हरुको सहभागिता रहेको कोषाध्यक्ष सुरज थापाले जानकारी दिनुभयो ।