Connect with us
Kapilvast Forest

रोमाञ्चक खेलमा राजस्थानमाथि पञ्जाबको जीत

२०७७, ३१ चैत्र मंगलवारमा प्रकाशित

एजेन्सी – सञ्जु सामसनले करियरको तेस्रो तथा इन्डियन प्रिमियर लीग (आईपीएल) २०२१ को पहिलो शतकका बावजूद राजस्थान रोयल्स (आरआर) ठूलो स्कोर भएको रोमाञ्चक खेलमा सोमबार पञ्जाब किङ्ससंग चार रनले हार्न बाध्य भयो ।

पञ्जाब किङ्सले कप्तान केएल राहुलको ५० बलमा ५ छक्का र ७ चौकाको मद्दतले ९१ रन तथा दीपक हुड्डाको २८ बलमा ६ छक्का र ४ चौकाको मद्दतले बनाएको ६४ रनसंगै तेस्रो विकेटका लागि १ सय ५ रनको तिब्र गतिको साझेदारीका कारण ६ विकेटको क्षतीमा २ सय २१ रन बनायो ।

राहुलले क्रिस गेल ९४०० संग पनि दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्नु भयो ।राहुल तथा हुड्डाको इनिङ्सका कारण पञ्चाबको टीमले अन्तिम ८ ओभरमै १ सय ११ रन जोड्न सफल भयो ।

यसको जवाफमा राजस्थान रोयल्सको टीम आईपीएल कप्तानीको पदार्पणमा शतक बनाउने पहिलो ब्याट्सम्यान सञ्जु सामसन (११९ रन, ६३ बल, १२ चौका, ७ छक्का) को विष्फोटक शतकका बावजूद ७ विकेटको क्षतीमा २ सय १७ रनमात्रै बनाउन सक्यो ।

सामसनबाहेक रोयल्सका अन्य कुनै पनि ब्याट्सम्यानले ३० रनको आँकडा छुन सकेनन् ।पञ्जाबको टीमबाट अर्शदीप सिंह सबैभन्दा सफल बलर रहे, जसनले ३५ रन दिएर तीन विकेट लिनु भयो ।

राजस्थानले आफ्नो दोस्रो खेल बिहिबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।पञ्जाबले शुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu