आइपिएलः दिल्लीविरुद्ध राजस्थानको जित
एजेन्सी-इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध राजस्थान रोयल्सले जित हासिल गरेको छ। दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो।
दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। राजस्थानको जितमा डेभिड मिलरले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै क्रिस मोरिसले अविजित ३६ तथा जयदेव उनाकडले अविजित ११ रन बनाए। राहुल टेवाटिया १९ रनमा आउट भए। दिल्लीका अभेस खानले ३ विकेट लिए। क्रिस वोक्स र कागिसो राबडाले २र२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।