माओवादी केन्द्रको बैठक स्थगित
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ ।दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको उहाँले जानकारी दिनुभयाे ।
विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलवार स्थायी समिति बैठक बस्ने उहाँले बताउनुुभयो।समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको थियो ।