Connect with us
Kapilvast Forest

स्वास्थ्यकर्मी पौडेललाई कार्वाही गर्न नेपाल पत्रकार महासघं माग

२०७८, १४ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु– पत्रकारलाई कुटपिटको धम्की दिएका स्वास्थ्यकर्मीलाई कार्वाही गर्न नेपाल पत्रकार महासघंले माग गरेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने भन्दै सामाजिक संजालमा लेखेपछी नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश र कपिलवस्तु शाखाको ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेशका सचिव जयसिहं केसी र नेपाल पत्रकार महासघं कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो । प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाउदै पत्रकारलाई कुटपिटको धम्की दिएका स्वास्थ्यकर्मी पौडेललाई कार्वाही गर्न माग गरिएको नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताउनु भयो । ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ पान्डेले यस विषयमा प्रक्रिया आगाडी बढाउने जानकारी दिनु भयो ।     कोरोना कहरको बेला कपिलवस्तु शिवराजका स्वास्थ्य चौकी प्रमुखहरु भ्रमण गर्न इलाम गएपछि स्वास्थ्यसेवा प्रभावित भएको छ ।
स्वास्थ्यकर्मी पौडेलले सामाजिक संजाल फेसबुकमा ब्यक्तिगत संस्थागत राजनीतिक रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने पत्रुकार वा सहयोगी स्थानीय वा बह्य सबैलाई रामधुलाई गर्ने धम्की दिएका हुन । उनले लेखेका छन झोले, फिपार्ते, धुपौरेहरु समयमै सचेत हौ भनेर लेखेका छन ।
पत्रकारलाई इंकित गरि धम्किपुर्ण भाषामा सामाजिक सन्जालमा लेखिनु गलत भएको भन्दै चारैतिर विरोध भएको छ ।
भ्रमणमा शिवपुर स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेल, विसनपुर स्वास्थ्य चौकी प्रमुख प्रकाश पोख्रेल, चनई स्वास्थ्य चौकी हनुमान प्रसाद कोहार , खरेन्द्रपुर स्वास्थ चौकी जित बहादुर विसि, थुन्हियाका प्रमुख राजेश कुवार, जवाभारीका बिष्णु बहादुर क्षेत्री, शिवगढिका प्रमुख बिरेन्द्र कुमार मिश्र लगायत कार्यालय छोडेर भ्रमणमा गएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu