Connect with us
Kapilvast Forest

काठमाडौ छेड्दै सर्वसाधारण,नाकामा दशैँ–तिहारकै जस्तो भीड

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ ।
गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले खचाखच भरिएको थियो । बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन यात्रुले भरिभराउ छन।

काठमाडौ छोड्ने कंलकी, बलाजु, कोटेश्वर नाकामा दशैँ–तिहारकै जस्तो भीड बढेको छ । उपत्यका भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको छ ।

नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।

मङ्गलबार लामो दूरीका यात्रुको सङ्ख्या बढी देखिएको छ भने बुधबार छोटो दूरीका यात्रुको चाप बढ्ने अनुमान यातायात व्यवसायीको छ । नागढुङ्गा नाकाबाट मात्र मङ्गलबार १५ हजार सार्वजनिक सवारी साधन बाहिरिएका छन् । ती सवारी साधनबाट करिब दुई लाख ५० हजार यात्रु बाहिरिएको प्रहरीको अनुमान छ ।

शिक्षण संस्था बन्द हुनुका साथै परीक्षाको समेत टुङ्गो नलाग्दा बालबालिका बोकेर घर फर्किने अभिभावक, कलेज तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी र मजदुरको सङ्ख्या धेरै छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu