Connect with us
Kapilvast Forest

रुपन्देहीमा आज देखि निषेधाज्ञा

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

butwal

बुटवल-कोरोना संक्रमण बढ्दै गएपनि रुपन्देही जिल्लामा बैशाख १६ गतेदेखि निशेधाज्ञा लगाउने निर्णय भएको छ ।जिल्ला प्रशासन रुपन्देहीले आज  विहान ६ बजेदेखि लागु हुनेगरी जिल्ला भर निषोधाज्ञा जारी गरेको छ । बैशाख ३० गते विहान ६ बजेसम्मको अवधिका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनुभएको छ ।निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा २०० बढि कोरोनाका सक्रिय संक्रमित भएका जिल्ला र तराइमा ५०० बढि सक्रिय संक्रमित रहेका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।

सोही अनुसार रुपन्देही जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र उद्योगि व्यवसायीहरुसँगको बैठकपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यही वैशाख १६ गते बिहिबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी भएसँगै जिल्लामा अत्यावस्यक बाहेकका सबै सेवा बन्द हुने छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu