Connect with us
Kapilvast Forest

उपत्यकामा एकैदिन ३हजार ६सय ६६ जनामा कोरोना संक्रमण

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

kathmandu corona

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।