Connect with us
Kapilvast Forest

भोलि देखि कपिलवस्तुमा निषेधाज्ञा

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ ।

आइतवार विहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो ।

कपिलवस्तुका छिमेकी जिल्लामा लकडाउन जारी भैसकेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा निषेधाज्ञा जारी भैसकेको छ ।
अती आवश्यक सामाग्री किनमेलका लागि बिहान ९ बजे देखी दिउसो १ बजे सम्म पसल सञ्चालन गर्न दिने भएको छ ।

निषेधाज्ञा जारी भएपछि जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारी साधन चल्न समेत वन्देज लगाइएको छ । कपिलवस्तुमा संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ७ सय २५ पुग्यो, ५१ जनाको मृत्यु भएको छ । जिल्लाको राजमार्ग क्षेत्र र कपिलवस्तु नगरपालिकामा संक्रमितको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu