पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा अक्सिजन सहितको आईसोलेशन बेड
कपिलवस्तु- कोरोना संक्रमितका संख्या दिनानुदिन बढी रहेको बेला नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा संचारकर्मीलाई केन्द्रित गरी अक्सिन सिलिन्डर सहीतको ५ वटा आईसोलेशन बेड संचालन गरिएको छ ।
कपिलवस्तु नगरपालिका र कपिलवस्तु अस्पतालको सहयोगमा अस्थायी कारोना अस्पतालका स्वास्थ्यकर्मीको निग्रानीमा रहने गरी सो बेड संचालन गरिएको हो।
कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह र कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडे र ब्यवस्थापक रत्नाकर शुक्लाको बिशेष सहयोगमा महासंघको भवनमा सो सचालन गरिएको महासंघका शाखा सभापति किरणमान बज्राचार्यले बताउनुभयो ।
महासंघको केन्द्रिय कार्यालय र प्रदेशले आफनै आइसोलेन तयारी गर्न परिपत्र गरेको थियो । ‘आइसोलेनले फन्ट लाईनमा खसटने पत्रकाहरुको उपचारमा सहजता थप्ने पत्रकार महासंघका प्रदेश अध्यक्ष बसन्त गिरीले बताउनुभयो ।उहाँले कपिलबस्तु शाखाले बेलैमा आइसोलेन तयार गरेर सराहनीय कार्य गरेको बताउनुभयो ।
मेयर किरण सिंहले आइसोलेनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।