Connect with us
Kapilvast Forest

अक्सिजन अपुगः ४० हजार सिलिन्डर तत्काल आवश्यक

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं -कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो ।

संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ।यही दरमा कोरोना फैलिने हो भने अक्सिजनको माग पूरा गर्न नसकिने उद्योगीले बताएका छन्।नेपाल अक्सिजन उत्पादक संघले स्वदेशमै पर्याप्त परिमाणमा उत्पादन गर्न सकिने जनाएको छ।तर, उत्पादित अक्सिजन भर्ने सिलिन्डरको भने चर्को अभाव भएको संघका अध्यक्ष गौरव शारदाले बताए।

‘अहिले आवश्यक देखिएको अक्सिजन उत्पादन गर्न हामी सक्षम छौं’, अध्यक्ष शारदाले भने, ‘तर, हामीसँग अक्सिजन भर्ने सिलिन्डर छैन।सिलिन्डर तत्कालै उपलब्ध हुन सके हामी रातारात पर्याप्त परिमाणमा उत्पादन गर्न सक्छौं ।’

शारदाका अनुसार उपत्यकासहित देशभरको बिरामीको चापअनुसार अक्सिजन व्यवस्थापन गर्न थप ४० हजार सिलिन्डर आवश्यक छ।‘यो संख्यामा सिलिन्डरको उपलब्धता हुन सक्यो भने अक्सिजनको समस्या समाधान हुनेछ ।’

देशभर उत्पादन गर्ने उद्योग २२ वटा छन्।यीमध्ये आठवटा उपत्यकामा छन्।३ उद्योग बजार अभावमा बन्द भएको अध्यक्ष शारदाले बताए।नेपालगन्ज, भैरहवा, चितवन, बुटवल, वीरगन्ज, विराटनगर र इटहरीमा अक्सिजन उद्योग सञ्चालनमा छन्।संघका अनुसार कोभिडको दोस्रो लहर सुरु हुनुअघि निजी क्षेत्रबाट उत्पादन हुने अक्सिजनमध्ये ५५ प्रतिशत औद्योगिक क्षेत्र र बाँकी ४५ प्रतिशत विभिन्न अस्पतालमा खपत हुने गथ्र्यो।

एक उद्योगबाट ४७ लिटरको ५ सय सिलिन्डर उत्पादन हुन्थ्यो।निजी क्षेत्रका उद्योगबाट १०, ४० र ४७ लिटर क्षमताको सिलिन्डर उत्पादन हुँदै आएको छ।४७ लिटरको बजार मूल्य ४ सयदेखि ६ सयसम्म र सानो सिलिन्डरको २ सय २५ रुपैयाँसम्म मूल्य तोकिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu