Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा अधिवेशनमा दुई कुर्सी खाली रहने

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ। विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्को सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनका क्रममा बैठकमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ सेवा विभाग र नेपाल चिकित्सक संघका पदाधिकारीसगँको परामर्श र सुझावका आधारमा सिट व्यवस्थापन गरिएको प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिनु भयो ।

अघिल्लो अधिवेशनमा भने बीचमा एउटा कुर्सी खाली राखेर सदस्यलाई बस्ने व्यवस्था मिलाइएको थियो। सिट व्यवस्थापन गर्ने क्रममा दर्शकदीर्घालाई पनि बैठक कक्षका रुपमै प्रयोग गरिने छ। अधिवेशनमा सुरक्षा मापदण्ड कसरी अपनाउने भन्ने सम्बन्धमा सचिवालयले विशेषज्ञ टोलीलाई बैठक कक्षको स्थलगत निरीक्षण गराई सावधानीका उपायबारे रायसुझाव लिएको डा। पाण्डेले बताउनु भयो ।

विशेषज्ञ टोलीले सिट व्यवस्थापन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गर्न, सेनिटाइजर पर्याप्त स्थानमा राख्न, जमघट र भेटघाट हुने चमेनागृह र शौचालय जस्ता स्थानमा आलोपालो मिलाएर जान र फर्कनका लागि फरकफरक बाटो तय गर्न सुझाव दिएको थियो।
बैठक कक्षका झ्यालढोका पूर्णरुपमा खोल्न, आवागमन सहज तुल्याउन र विशेषज्ञ स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राख्न पनि टोलीले सचिवालयलाई परामर्श दिएको बताइएको छ ।

सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गरिने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निर्यौल गर्ने छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu