Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्न असंवैधानिक बाटोतिर जान खोज्नुभएको छ:वर्षमान पुन

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

ba punanrsam

 काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने नाममा असंवैधानिक बाटोतिर जान खोजेको दावी गर्नु भएको छ ।बिहीबार संसद भवन नयाँवानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाउने पनि जिकिर गर्नु भयो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाइएको छ । ‘प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुहुन्न र अरु कुनै बाटोतिर, असंवैधानिक बाटोतिर जान खोज्नुभएको छ’ नेता पुनले भन्नुभयो ।

त्यो बाटो के हो रु भन्ने प्रश्नमा पुनले फेरि संसद विघटन गर्न प्रधानमन्त्रीले प्रयास गरेको बताउनुभयो । ‘‘विश्वासको मत नपाएको दिन नै संसद विघटन गर्ने र अरु ठाउँमा राजनीतिलाई विषयान्तर गर्ने, फेरि अराजनीतिक, असंवैधानिक, अलोकतान्त्रिक ढङ्गले काम गर्न खोज्नुभएको छ भन्ने एकदम स्पष्ट छ’ उहाँले भन्नुभयो ।

यही देखेर आफूहरुले सरकारलाई दिएको समर्थन लामो समयसम्म फिर्ता नलिएको उहाँको प्रष्टीकरण छ । आफूहरुले सरकारलाई दिएको समर्थन कायम राखेका कारण प्रधानमन्त्री ओलीले बाध्य भएर विश्वासको मत लिन खोजेको पुनको दाबी छ ।

‘हामीले समर्थन फिर्ता लिएपछि यी फिर्ता लिए, मलाई अस्थिर बनाए भन्नुहुन्थ्यो, हामीले समर्थन गरिराखेको हुनाले बाध्य भएर आफ्नो वास्तविक राजनीतिक चरित्र देखाउनुभएको हो’ नेता पुनले भन्नुभयो ।

ओलीले संसदमा विश्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने उनले बताए । ‘उहाँ (प्रधानमन्त्री)ले विश्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलहरुको सरकार बन्नेतर्फ मार्गप्रशस्त गर्नुपर्छ, त्यसअनुसार राष्ट्रपतिले आह्वान गर्नुपर्छ’ नेता पुनले भन्नुभयो ।

कांग्रेस, माओवादीले नयाँ सरकार बनाउन सक्छ रु भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘हामी संवैधानिक विकल्पभित्र खुल्ला छौं ।’ कोरोना महामारीमा भन्दा सरकार अन्यत्र केन्द्रित भएको भन्दै उनले प्रधानमन्त्री ओलीको आलोचना गर्नु भयो ।

देशको अभिभावकले सबै दल, सबै क्षेत्रलाई कोरोना रोकथाममा सहकार्य गरौं, सर्वपक्षीय संयन्त्र बनाऔं, राजनीतिक मतभेद थाती राखौं भन्नुपर्नेमा त्यसो नभनेको उहाँको भनाइ छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पलाई सम्झिँदै उहाँले भन्नुभयो ‘महाभूकम्पका बेला प्रधानमन्त्रीको अपिलमा सबै दल पुनर्र्निमाणमा लागेको होइन र रु त्यो होइन र राजनीतिक गार्जियनसिप भनेको ?

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu