Connect with us
Kapilvast Forest

गाउँपालिका अध्यक्ष चढ्ने गाडी एम्बुलेन्स बनाइने

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

डोटी-बोगटान फुड्शील गाउँपालिका अध्यक्ष कमल गड्सीलाले आफुले प्रयोग गर्ने गाडी एम्बुलेन्स बनाउने घोषणा गर्नुभएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढेसँगै बिरामीलाई अस्पताल पु¥याउन एम्बुलेन्स अभाव भएपछि उहाँले आफूले चढ्दै आउनुभएका गाडी एम्बुलेन्स बनाउने घोषणा गर्नुभएको हो ।

अध्यक्ष गड्सीलाले महामारी बढ्दै गएपछि गाउँपालिकामा एक मात्र एम्बुलेन्सले पर्याप्त सुविधा दिन सक्ने अवस्था नरहेकोले गाडीलाई एम्बुलेन्स बनाउने लागेको बताउनुभयो ।

कोभिड–१९ सँग जुध्नका लागि सबै प्रकारका तयारीमा जुटेको गाउँपालिकाले विपद्मा आफ्नो स्वास्थ्य सुरक्षामा विशेष सावधानी अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu