दाङमा जेठ १ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो
तुलसीपुर-दाङमा एक सातादेखि जारी निषेधाज्ञा जेठ १ गतेसम्म लम्ब्याइएको छ।प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
यसअघि वैशाख १७ गते बिहान ६ बजेदेखि वैशाख २५ गतेसम्मका लागि निशेषाज्ञा आह्वान गरिएको थियो।