Connect with us
Kapilvast Forest

बामदेव गौतमद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौँ – नेकपा एमालेका नेता वामदेव गौतम पनि एमाले एकताको पक्षमा देखिनुभएको छ । यसअघि पार्टी एकता अभियान चलाउनुभएका गौतमले केहीदिनअघि पार्टी विभभाजनका लागि माधवकुमार नेपाललाई प्रोत्साहित हुने प्रतिक्रिया दिनुभएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालकाबीचको संवादले एमाले एक हुने अवस्था भएपछि गौतमले त्यसका लागि शुभकामना पनि दिनुभएको छ । उहाँले केही दिनअघिको भेटमा अब तपाइसँग सम्बन्धबिच्छेद भयो भनेर भन्नुभएको थियो ।

उहाँले ओली नेपाल संवादलाई पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी शुभकामना दिनुभएको छ । गौतमले भन्नुभएको छ ‘नेकपा एमालेका दुई वरिष्ठ नेताहरू अध्यक्ष के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क। माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ’

, नेता गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ यो नेकपा एमाले का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क। के।पी। शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu