Connect with us
Kapilvast Forest

वाम झुकाव भएको एमाले कमजोर हुनुहुन्न: कमल थापा

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले एमाले विभाजन रोक्न सफल हुनुभएकोमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको प्रशंशा गर्नुभएको छ ।

उहाँले एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल भएकाले यो दल कमजोर हुन नहुने बताउनुभएको छ ।उहाँले विदेशी शक्तिले राप्रपा फुटाएको स्मरण गर्दै भन्नुभएको छ ‘२०७४मा देशीविदेशी शक्तिले राप्रपा फुटाई दिए,परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भयो। हामी विस्तारै उठ्दै छौँ ।

फुटको डिलबाट एमाले फर्केको छ, पार्टी एकता कायम राख्नोस् @kpsharmaoli @ncp_madhavnepal नाम/काम जे भएपनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल हो।यो शक्ति कमजोर हुनुहुन्न ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu