Connect with us
Kapilvast Forest

माधव पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-केपी शर्मा ओलीसँगको भेटबार्ता पछि राजीनामा दिनबाट पछि हटेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई जानकारी गराउन बैठक बस्ने भएको एक नेताले बताउनुभयो ।

बिहीबार अध्यक्ष ओलीसँग भएको सहमतिबारे शीर्ष नेताहरूमा छलफल भएको थियो । २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल हुने र थप राजनैतिक एजेन्डा र अघि बड्ने बाटो बारे समेत स्पष्ट हुन बैठक केन्द्रीत हुने बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu